
काठमाडौँ । आज (शनिबार) देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमानअनुसार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।



















