Logo
Logo

काठमाडौंकाे स्पाबाट १३ युवती र एक बंगलादेशी युवक पक्राउ


0
Shares

काठमाडौं । काठमाडांैको स्पाबाट १३ युवती र एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । स्पामा सार्वजनिक मर्यादा विपरीत गैरकानुनी क्रियाकलाप भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका युवतीहरू २० देखि ३३ वर्षका छन् । उनीहरू विभिन्न जिल्लाका हुन् । यस्तै बंगलादेश घर भइ ठमेल बस्ने ३८ वर्षका मसुद राना पनि पक्राउ परेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000