
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो एमालेको केन्द्रीय कार्यालय च्यासलमा दुवै नेताबीच वान अन वान छलफल भएको हो । करिब सवा घण्टा चलेको भेटमा पार्टीका कार्यक्रम, संगठनात्मक गतिविधि तथा आसन्न निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ ।
सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले एमालेको वरिष्ठ नेताको हैसियतमा पार्टीका निर्णय तथा गतिविधिमा चासो राख्दै आएकी छन् । पछिल्लो भेटलाई पनि पार्टीभित्रको गतिविधि र आगामी राजनीतिक कार्यदिशाका विषयमा भएको छलफलका रूपमा हेरिएको छ ।


















