Logo
Logo

पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस


0
Shares

काठमाडौं । प्रशासन सेवाका पाँच उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा समितिको सचिवालयले उनीहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा लेखा समूहका मोहनशरण भण्डारी तथा सामान्य प्रशासन समूहका तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल रहेका छन् । उनीहरू पाँचै जना एकै दिन उपसचिव भएका थिए ।

भण्डारी राजस्व न्यायाधिकरणमा कार्यरत छन् भने पौडेल खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्। पोखरेल रक्षा मन्त्रालय, थापा भूमि प्रशासन कार्यालय धनकुटा र कटुवाल सल्यानको कुपिन्डे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत जनरल उपसमूहका मोहनदत्त भट्ट तथा हाइवे उपसमूहका सुजन अधिकारी, रामकुमार देव र सन्तोषकुमार कर्ण पनि सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000