Logo
Logo

बेलायत बस्दै आएका गायक केसी मृत्यु भेटिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ पुस । बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा करिब डेढ दशकअघि बेलायत पुगेका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आए केसी लण्डनको चिरपरिचित गायक थिए । उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्दै आएका थिए भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण भने अझै खुल्न नसकेको बताएको छ । प्रहरीले घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्