Logo
Logo

मेडिसिटिले भरतमाेहनकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे नेकपा नेताकाे अाराेप


- दृष्टि न्युज/संवाददाता


भरतमाेहन अधिकारीकाे उपचारमा मेडिसिटि अस्पताले घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अाराेप नेकपाका नेता सूर्य थापाले लगाउनु भएकाेछ । उहाँकाे भनाइ यस्ताे छ

भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे । एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पतालमा सारिएकाे हाे । डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।


तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।


८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।


खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ?
शीघ्र स्वास्थ्यलाभकाे कामना । नेकपा नेता सूर्य थापाकाे फेसवुकवाट साभार ।

प्रतिक्रिया दिनुहोस्