Logo
Logo

गुप्तचरलाई प्रहरी एकेडेमीमा तालिम


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ माघ ।
राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीलाई नेपाल प्रहरीको एकेडेमीमा तालिम सञ्चालन हुने भएको छ । अनुसन्धानका एसपी र एसएसपीका लागि पहिलोपटक करिब एक महिने व्यवसायिक तालिम सञ्चालन गर्न लागिएको हो ।


तालिम फागुन २ गतेबाट सुरु हुने एकेडेमीका प्रमुख एआईजी धीरु बस्नेतले मंगलबार आयोजित कार्यक्रममा जानकारी दिए ।
विभागमा नयाँ नेतृत्व चयनपछि केही सक्रियता बढेको छ । विभागलाई प्रभावकारी बनाउन सरकारले प्रधानमन्त्री मातहत ल्याइसकेको छ । मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीले विभागमा सुधार प्रक्रिया सुरु गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्