Logo
Logo

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस संगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैकिङ च्यानलको माध्यमबाट गराउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभाबकारी बनाउँदै आएको छ । अत्याधुनिक बैंकिङ सुबिधा र गुणस्तरिय सेवाको आधारमा ग्लोबल आइएमई बैंक सरकारी राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेका निजि क्षेत्रका बैंकहरुमध्ये एक बैंक हो । बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरी सरकारी कार्यालयहरुमा सेवा प्रदान गदै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैकिङ सेवामाफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८ एक्सटेन्सन काउण्टर तथा ११७ शाखारहित बैकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्र्पक कार्यालयमार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैकिङ सेवा, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्