Logo
Logo

प्रेमिल मनहरुलाई मिलनको उपहार ‘जहिलेसम्म…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फागुन । आज १४ फेबु्रअरी अर्थात प्रेम दिवश । जसलाई प्रणय दिवशका रुपमा समेत लिइन्छ । आज सामाजिक सञ्जाल फेसबुक ट्विटर प्रेम दिवशको शुभकामना र सायरीले रंगिरहेका बेला चर्चित गायिका मिलन नेवारले भने आफ्नो एक प्रेमिल गीत एवं भिडियो सार्वजनिक गरेकी छन् ।
प्रेम दिवशलाई युवापुस्ताले प्रेमिल बनाइरहेकै बेला मिलनले ती प्रेमिल मनकाहरुमा लागि ‘जहिलेसम्म संसारमा…’ बोलको गीत सार्वजनिक गरेकी हुन् । बिहीबार सार्वजनिक मिलनको यस गीतले प्रेममा रमाइरहेका जोडीहरुलाई पक्कै पनि उर्जा दिनेछ । प्रेम दिवशको अवसरमा गीत सार्वजनिक गर्दै मिलनले आफ्नो यस गीतलाई प्रेमिल मनहरुलाई समर्पित गरेको बताएकी छन् ।
सार्वजनिक यो गीत मिलनको ‘मिलन’ एल्बममा समावेश रहेको छ । ‘मिलन’ एल्बमको यस गीतलाई श्रोताले अत्याधिक रुचाएका छन् । त्यस्तै, यस गीतको भिडियोलाई पनि दर्शक तथा श्रोताले रुचाइदिनेमा मिलन आशावादी छिन् ।
विजय कट्टेलको शब्द, संगीत रहेको यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन र विकास धमलाको सम्पादन रहेको यस भिडियोमा गायिका मिलन नै फिर्चड छिन् । उनी दर्पणा खातीको सुन्दर डिजाइनको फहिरनमा देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्