विराटनगर, २५ माघ । कार्यसूचीमा सहमति भएपछि प्रदेश १ प्रदेशसभा बैठक सुरु भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकले कार्यसूची तय गर्न नसक्दा केहीबेर ढिला गरी बैठक सुरु भएको हो ।
कार्यसूची विवादले प्रदेश १ प्रदेशसभा बैठक बस्न सकेन बैठकको कार्यसूचीमा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भनिएको छ ।

त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ । ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।
१८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो ।











