Logo
Logo

भागरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न विवेकशीलकाे आग्रह


- दृष्टि संवाददाता

189
Shares

काठमाडौं, २५ माघ । विवेकशील साझा पार्टीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धान चाडै गर्नुपर्ने माग गरेको छ । भट्टको बलात्कारपछि हत्या भएको भन्दै विभागले घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकारसँग मागसमेत गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म कानूनी कठघरामा उभ्याउन नसकेको र यो पनि उस्तै प्रकृतिका घटना भएको भन्दै ‘विगत नदोहोरियोस्’ भनेको छ ।

प्रवक्ता शरद राज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ ।’

किशोरी भागरथीको बलात्कारपछि हत्या गरिएको आशंका गरिएपनि पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यकिन नभएको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।

बुधबार विद्यालय गएकी भागरथी घर नफर्किएपछि खोजी तीब्र पारिएको थियो। उनको शव भोलिपल्ट बिहीबार विभत्स तवरले हत्या गरिएको अवस्थामा लबलेक जंगलमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्