काठमाडौं, २७ माघ । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे उत्तरी छिमेकी चीनले चासो देखाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन सम्बादमा नेपालको आन्तरिक राजनीतिक क्रमका बारेमा कुरा भएको बताइएको छ ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘दुई पक्षले नेपालको घरेलु अवस्थाबारे विचार आदान–प्रदान गरेका छन् । चीन अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तप्रति दृढ रहेको र नेपाली जनताले छनौट गर्ने विकासको पथलाई सम्मान गर्नेछ ।’

टेलिफोन सम्बादमा चिनियाँ विदेशमन्त्री वाङले नेपाली दल र विभिन्न समूहले नेपालको आधारभूत र दीर्घकालिन हितलाई ध्यानमा राखेर भिन्नताहरुलाई पन्छाएर साझा विन्दू खोज्ने विश्वास व्यक्त गरेका छन् ।
राजनीतिक द्वन्द्वले नेपालको परिस्थिति जटिल नबनोसभन्ने चिन्ता चिनियाँ विदेशमन्त्रीले राखेका छन् । यस्तै दुई विदेशमन्त्रीबीचको कुराकानीमा कोरोना खोप र दुईदेशका आपसिहितकाबारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति उल्लेख छ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उत्पन्न राजनीतिक संकटका बारेमा चीनले गम्भीर चिन्ता र चासो व्यक्त गरिरहेको छ । त्यसलगत्तै उसले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नेपाल पठाएको थियो । उ
चीनले नेपालमा राजनीतिक अस्थिरता भएमा आफ्नो सुरक्षा चासोमा असर गर्ने, दुई देशका वीचमा भएका सम्झौताहरु कार्यान्वयनमा ढिलो हुने र लगानीको वातावरण बिग्रने बताउँदै आएको छ ।











