Logo
Logo

महिलाहिंसाविरुद्ध बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २८ माघ । प्रतिगमनविरुद्ध ‘बृहत् नागरिक आन्दोलन’ले महिलाहिंसा विरोध गर्दै ‘महिला मार्च’ गर्ने भएको छ । यही ३० माघमा बसन्तपुर डबलीबाट माइतिघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो हो ।
नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिअनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्मका सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ भन्दै मार्च गर्न लागिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सबै किसिमका महिला हिंसा, हत्या र दण्डहिनताको समूल अन्त्य गर्न हामी आन्दोलित छौँ । यसआन्दोलनमा आमनागरिकलाई सामेल हुन हार्दिक अपिल गर्दछौ ।’
मार्च वसन्तपुर हुँदै न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबार मूलगेटमा आएर सभामा परिणत हुने बताइएको छ । वृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई र दोभान राईले महिला मार्चको संयुक्त अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्