Logo
Logo

१२ जनालाई ‘शान्ति तथा मानवता’ अवार्ड


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ५ फागुन । बज्रकिल्या प्रोडक्शनले नेपाली फिल्म क्षेत्रका अभिनेता राजेश हमाल, पत्रकार ऋषि धमला, रेस्लर हिमालयन टाइगरलगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरेको छ । ब्रजकिल्याले ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रमअन्गर्तथ राजधानीमा उनीहरुलाई सम्मान गरेको हो ।
फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी थिइन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सिईओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताए । साथै, नेपाली समाजमा यथावत रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिँदै उनले प्रत्यक बर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गरे ।

कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सकेमात्र यसले दिगो रुप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताइन् ।
कार्यक्रममा महानायक हमाल नेपालले जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औँल्याउँदै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताए ।
कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट, सामाजसेवी गेसे सोनाम वान्ग्चेन, अन्तर्राष्ट्रिय प्रस्तोता मसाकी माइकल, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेना, क्यानस फिल्म फेस्टिभलका अन्तराष्ट्रिय संयोजक तथा एडभेन्चर अफ हुम्यानिटीका संस्थापक अध्यक्ष रिचार्ड निल्सन तथा फिलिपिन्सकि राजकुमारी मारिया लियोनेरा टोरेसलाई समेत शान्ति ताहा मानवता अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्