Logo
Logo

राष्ट्रिय महिला लिग : एपीएफको लगातार १० औँ जित


दृष्टि संवाददाता

189
Shares

काठमाडौं, ३ फागुन । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबमाथि २–१ को कठीन जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो ।

लिगको शीर्षस्थानमा रहेको एपिएफलाई कठिन जित दिलाउनको लागि रविनाले गोल गरिन् । एपीएफले एक गोल भने उपहार पाएको थियो । पुलिसका लागि अमृता जैसीले गोल गरेकी थिइन् । जितसँगै एपीएफले शीर्षस्थानको एपिएफले अंक दुरीलाई अझै फराकिलो बनाएको छ ।

पुलिसकी कप्तान खिम कुमारी गुरुङको आत्मघाती गोलबाट ६८ औं मिनेटमा एपिएफले अग्रता बनाएको थियो । सुष्मा तामाङको प्रहारलाई खिमले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

खेलको ७५ औँ मिनेटमा अमृताले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । उनले पेनाल्टी बक्सको बाहिरबाट गरेको प्रहारलाई एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुम्बाले रोक्ने कुनै मौका पाइनन् ।

खेलको ८६ औं मिनेटमा रविनाले गोल गर्दै एपीएफलाई तीन अंक दिलाइन् । पहिलो लेगमा एपिएफले पुलिसमाथि ३–० को जित निकालेको थियो ।

१० खेल खेलको एपीएफ ३० अंकसहित लिगको शीर्षस्थानमा रहेको छ । समान खेलमा दोस्रो स्थानको आर्मीको २५ अंक छ । विराटनगर महानगरपालिकासँग अब हुने खेल जितेमा एपिएफ अन्तिम खेलअघि नै च्याम्पियन बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्