Logo
Logo

अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो


441
Shares

काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ । १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।

The current image has no alternative text. The file name is: dolpa.jpg

पांग्रामा सामान्य समस्या देखिएको र सबै  यात्रु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिए । अहिले सो जहाजको प्राविधिकहरुले जाँच गरिरहेका छन् । 

आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिल राज गिरीले बताए । 

सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरू सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्