Logo
Logo

पाठकमाथि छानबिन गर्न अख्तियारद्वारा तीन सदस्यीय टोली गठन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ फागुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुस प्रकरणमाथि छानबिन गर्न तीन सदस्यीय अनुसन्धान टोली गठन भएको छ ।
घुस प्रकरणपछि राजीनामा दिएका पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको हो।

सहसचिवको नेतृत्वमा सो टोली गठन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अख्तियारको आज बसेको बैठकले आजदेखिनै विस्तृत अनुसन्धान गर्ने गरी टोली गठन गर्ने निर्णय गरेको हो । सो समितिले ७८ लाख घुस प्रकरणको छानबिन गर्ने छ । पछि अकुत सम्पतिको समेत छानबिन गर्न लागिएको छ ।
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।
उनी नेपाली कांग्रेसबाट आयोगमा नियुक्त भएका थिए । उनको घुसप्रकरणमा कांग्रेस मौन छ ।

प्रतिक्रिया दिनुहोस्