Logo
Logo

राजीनामा दिएको भन्दै दूश्प्रचार गरियोः महान्यायाधिवक्ता खरेल


दृष्टि संवाददाता


काठमाडौं । राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्नि खरेलले प्रष्टिकरण दिएका छन् । महान्यायाधिवक्ता खरेलले आफूले पदबाट राजीनामा नदिएको बरु अफवाह फैल्याइएको बताएका छन् ।

उनले भने, मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन ।’ महान्यायाधिवक्ता खरेलले सर्वोच्च अदालतले संसद विघटनको फैसला सदर गरे, मुलुक निर्वाचनमा जाने अवस्था आए मात्र चुनावका लागि राजीनामा दिएर जान सक्ने बताएका छन् ।

आफूले राजीनामा दिनुपर्ने कुनै पनि कारण नभएको उनले प्रष्ट्याए । यता, प्रधानमन्त्रीको निजि सचिवालयले पनि खरेलको राजीनामा नआएको बताएको छ । सचिवालयले अफवाह फैलाइएको भनेको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्