Logo
Logo

संसद पुनर्स्थापना भएपछि जनता र देशको आवश्यकता अनुसार संविधान संशोधन गरिने : प्रचण्ड


दृष्टि संवाददाता

441
Shares

काठामडाैं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि बेला अदालतबाट संविधान मिच्ने कदम सच्चिने बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाडामा मंगलबार आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम प्रचण्डले प्रतिनिधिसभा बिघटनसम्बन्धी मुद्धामा बहस सकिएको जानकारी पाएको भन्दै संविधान मिच्ने कदम कुनैपनि बेला सच्चिन सक्ने बताएका हुन् ।

संविधानलाई मान्ने संवैधानिक अंग र निकायले संविधानको मर्म र भावना अनुसार काम गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले संसद पुनर्स्थापना भएपछि जनता र देशको आवश्यकता अनुसार संविधान संशोधन गरिने धारणा पनि राखे ।

संविधान गतिशिल दस्तावेज भएकाले कुनै पनि बेला जनताको चाहना अनुसार परिमार्जन गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले हालको संविधान जनतामा निहित पहिलो संविधान भएको भन्दै ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि नै प्रहार गरेको बताए । उनले असंवैधानिक कदमबिरुद्धको शान्तिपूर्ण युद्धमा आफुहरु रहेको र यसमा जनताको साथ र समर्थन मिलेको दावी गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले १० बर्षे जनयुद्धमा ज्यान गुमाएका मजदुर परिवारलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्