Logo
Logo

सर्वोच्चको फैसलाले जनता र संविधानको जीत भएको छ : सभामुख सापकाेटा


दृष्टि संवाददाता

13k
Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले समस्त जनता र संविधानको जीत भएको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सर्वोच्चको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको बताएका हुन् ।

फाइल तस्वीर

‘आजको फैसलाले नयाँ आयाम खडा भएको छ । लोकतन्त्रकको विकास, सुदृढिकरणमा बल पुगेको छ’ उनले भने, ‘मैले फैसलाको प्रारम्भिक अध्ध्यन गरेको छु । यसले राज्यका महत्वपूर्ण तीन अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्गनिर्देश गरेको छ ।’

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश सर्वोच्चको फैसला आउनका पछाडि सिंगो नेपाली जनता, नागरिक समाज, सबै राजनीतिक पार्टी र सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीश र संचारकर्मीको एकिकृत प्रयत्नद्वारा महान् सफलता हासिल गरेको बताए ।

पुस ५ गतेदेखि आजको दिनसम्म भएका बहसकाबीच यसले संविधानको रक्षा मात्रै नभई विकास र समृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको पनि बताए ।

यसैगरी उनले समामुखको हैसियतले आफूले सपथ लिएको दिनदेखि सं‌सद्लाई जीवन्त र जनमुखी बनाउन गरेको संकल्प र आधारलाई सहयोग पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्