Logo
Logo

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव


दृष्टि संवाददाता


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेका छन् ।
बुधबार प्रारम्भिक चरणको छलफलमा नेकपा प्रचण्ड–माधव समहूले देउवालाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो । देउवा निवास बुढानिलकण्ठमा बुधबार तीन नेताबीच भएको छलफलमा देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको स्रोतको भनाइ छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको भएका छन् । यसअघि प्रचण्ड र माधव दुवैले प्रधानमन्त्री नबन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्