Logo
Logo

सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता ओलीकै साथमा छ : शेरबहादुर तामाङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा ओली समूहका नेता पूर्वमन्त्री शेरबहादुर तामाङले १३ वर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको फैसलाले नहराएको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा उनले भने– ‘१३ वर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको एउटा फैसला विपक्षमा हुँदैमा हार्नुभएको छैन ।’

उनले अहिले प्रधानमन्त्री ओलीलाई हराए पनि आगामी २ वर्षमा हुने निर्वाचनमा जितेरै छाड्ने बताए । उनले भने, ‘चुनाव सदर भएको भए हतार हतारमा सबै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ ? भन्ने थियो, अब दुई वर्ष संगठन गर्ने अवसर पायौँ, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौँ ।’

अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई वर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दै उत्साहका साथ काममा खटिन सुल्झाए ।

उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा रहेको पनि उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्