Logo
Logo

सचिवहरुको सरुवा र बढुवा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ फागुन ।
सरकारले सचिवहरुको सरुवा र बढुवा गरेको छ ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका दिपेन्द्रनाथ शर्मा खानेपानी मन्त्रालयमा सरुवा भएका छन् ।


.पर्यटन मन्त्रालयका कृष्ण प्रसाद देवकोटा पनि हटाइएका छन् उनलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । .युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटा पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।
रक्षा मन्त्रालयका विष्णु प्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डे रक्षा मन्त्रालयमा हेरफेर भएका छन् । सुर्य गौतम सचिवमा वढ्ुवा भएका छन् । उनको महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्