Logo
Logo

गोल्ड रिभरः जहाँ शुद्ध सुन बग्दछ


दृष्टि संवाददाता



एजेन्सी – विश्वमा एउटा यस्तो नदी पनि रहेछ जहाँको पानीमा सुन बग्दछ र त्यो सुन पनि शुद्ध हुन्छ । क्यानडाको डसन सिटीमा बोनान्जा क्रिक नामक एउटा यस्तो नदी छ जसमा शुद्ध सुन बग्दछ ।

रिपोर्ट अनुसार सुन बग्ने उक्त नदीमा सधैभरी आगन्तुकको मेला लागिरहेको हुन्छ । मानिसहरु टाढा टाढाबाट त्यहाँ आउँछन् । उक्त नदीबाट निस्किने सुनले जो सुकैलाइ क्षणभरमै लखपति बनाइदिन सक्ने उल्लेख छ ।

सन् १८९६ मा जर्ज कर्मेक, डसन चार्ली र स्कुकम जिम मेसनले सबैभन्दा पहिले उक्त नदीमा सुन भएको कुरा सार्वजनिक गरेका थिए । जब नदीमा सुन बगिरहेको खबर सार्वजनिक भयो, त्यहाँ मानिसहरुको भिड जम्मा भइहाल्यो । सन् १८९८ मा उक्त सहरको जनसंख्या केवल १५०० थियो । तर नदीमा सुन भएको पत्ता लागेसँगै सहरको जनसंख्या नाटकीय ढंगले बढ्न थाल्यो ।

रिपोर्टअनुसार उक्त नदीको सतहमुनिको जमिनमा सुन रहेको छ । नदीमा सुन खोज्न आउने मानिसहरुले बालुवा छानेर, बरफका टुक्राहरुमा टाँसिएको सुन छुट्टाएर शुद्ध सुन जम्मा गर्दछन् । उक्त नदीमा सुन खोज्नेहरु रातारात लखपति हुनेहरु पनि छन् । तर सधैभरी सुन भेटिनैपर्छ भन्ने छैन । कहिलेकाहीँ मानिसहरु रित्तो हात पनि फर्किन बाध्य हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्