Logo
Logo

भ्रष्टाचारको आरोपमा बार्सिलाेनाका पूर्वअध्यक्ष जोसेप पक्राउ


दृष्टि संवाददाता


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका  पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ पक्राउ परेका छन् । इ–इस्पेन नेटका अनुसार भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेका हुन् । प्रहरी सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा छापा मारेकाे बताइएको छ  ।

जाेसेप बारगेटे घोटालमा मुछिएका छन् । बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च पदमा रहेकाले योजनावद्ध ढंगले मिडियामा आक्षेप लगाएका थिए ।

जाेसेपसँगै क्लबका मुख्य कार्यकारी अधिकारी, ऑस्कर ग्रू, जोसेपकाे पूर्व सल्लाहकार जौमे मासेफरर र कानूनी सल्लाहकार रोमन गोमेज पोन्तीलाई पनि क्याटालान प्रहरीले पक्राउ गरेको छ ।

पूर्वउपाध्यक्ष इमिलीले बार्सिलोनाका केहि बोर्ड सदस्यले क्लबको रकम व्यक्तिगत प्रयोजनका लागि उपयोग गरेको आरोप लगाएका थिए ।

जोसेपले कानुनी उपचारमा जाने बताएपछि इमिलीले त्यसका लागि तयार भएको बताएका थिए । उनले आफूसँग भ्रष्टाचारको प्रमाण भएको समेत दाबी गरेका थिए ।

सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनले आफ्नो कार्यकाल सकिनुअगावै गत कार्तिकमा राजीनामा दिएका थिए । लिओनल मेस्सीसँग विवाद चर्कदै गएपछि बोर्टेमोउले बोर्ड अफ डाइरेक्टरबाट राजीनामा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्