Logo
Logo

अष्ट्रियाका विदेशमन्त्री करिन आइपुगिन् काठमाडौँ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आइपुगेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्