Logo
Logo

प्रहरीलाई सरकारको निर्देशन: ‘विप्लव समूहका नेतालाई पक्राउ नगर्नु’


दृष्टि संवाददाता


काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।

लगत्तै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएर वार्ताका लागि तयारी भएका थिए ।

सरकार विप्लव समुहबचि बुधबार एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ । तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्