Logo
Logo
प्रतिनिधिसभा बैठक

नेकपा दुवै पक्षका सांसदहरु एउटै रोमा


दृष्टि संवाददाता


फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बस्न लागेको संसद बैठकमा सत्ता पक्ष र प्रचण्ड–माधव नेपाल समूहका सांसदहरु एउटै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
आज अपराह्न चार बजे संसद बैठक बस्दैछ । बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
‘नेकपाका सांसदहरु पहिले जहाँजहाँ बस्थे अहिले पनि त्यही बस्नुहुन्छ’ उनले भने, ‘संसदीय दलको नेता र प्रमुख सचेतक फरक–फरक भन्ने जुन आएको छ । तर, हामीले बुझ्दा नेकपा एउटै छ त्यसकारण पहिले जहाँ बस्नुहुन्थ्यो अहिले त्यहीँ बस्नुहुन्छ ।’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित छ । सरकारको गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गरेको थियो । त्यसपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्