Logo
Logo

प्रचण्डलाई दलको नेता चयन गरिएको हस्ताक्षरसहित संसद सचिवालयलाई जानकारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेकपाको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरिएको संसद सचिवालयलाई जानकारी दिएको छ ।
समूहका दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफू पक्षीय सांसदसहित संसद सचिवालयमा गएर निर्णयबारे जानकारी गराएको हो । बहुमत सांसदहरुको निर्णयले गरेको भन्दै हस्ताक्षर समेत बुझाएको छ ।
यो समूहको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको थियो । उक्त बैठकमा ११५ जना सांसद उपस्थित रहेको दाबी गरिएको छ । संसद सचिवालयलाई हस्ताक्षरसहित संसदीय दलको नेता फेरिएको जानकारी गराएपछि सचिवालयले हस्ताक्षरलाई प्रमाणित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्