Logo
Logo

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभाको बैठक २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बहिष्कार र नेपाली कांग्रेसको अवरोधपछि बैठक सूचना टाँस गरि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

​आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । प्रचण्ड–माधव पक्षबाट सांसद भीम रावलले बोल्दै कार्यसूचीमाथि प्रश्न उठाएका थिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गरेको हो ।प्रचण्ड-माधव पक्षको बहिष्कार पछि पनि सभामुख अग्नि सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

त्यसपछि बैठक १० मिनेटसम्मका लागि स्थगित भएको थियो । १० मिनेटपछि बैठक नबोलाएर सभामुख सापकोटाले बुधबारसम्मका लागि स्थगित गरेका हुन् । सर्वोच्च अदालतले पुनस्स्थापित गरेपछि प्रतिनिधि सभाको पहिले बैठक आज बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्