काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो ।

चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ बढेको छ । गत बुधवार सुनको मूल्य २ लाख ४१ हजार ४ सय मा झरेको थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३२१५ रुपैयाँ पुगेको छ ।


















