Logo
Logo

सरकारले प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको कांग्रेसको आरोप


0
Shares

काठमाडौं। नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

The current image has no alternative text. The file name is: bhismaraj-angedembe.jpg

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटालाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको भन्ने विषय गम्भीर रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापालगायतलाई लक्षित गरी बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरेका छन् ।

‘राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो,’ उनले भनेका छन् ।

सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विषयले गम्भीर प्रश्न उठाएको भन्दै आङ्देम्बेले सरकारसँग निष्पक्ष अनुसन्धान भइरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको हो भन्ने स्पष्ट जवाफ माग गरेका छन् ।

कांग्रेसले प्रकरणका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन् । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै उनले राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने बताएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000