Logo
Logo

अहिले पनि राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष बाँकी : पम्फा भुसाल


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले अहिले पनि राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष बाँकी रहेको बताएकी छन् ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको टेम्पो महिला चालक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भूषालले सो कुरा बताएकी हुन् । उनले नेपालको पहिलो महिला राष्ट्रपति हुनुपर्ने धारणा राखिन् ।

मुलुकको प्रधानमन्त्रीको श्रीमतीलाई फस्ट लेडि अर्थात पहिलो महिला भन्नु तर्कसंगत नहुने उनको भनाइ छ ।

उनले नागरिकहरु मुलुकको हरेक अंगमा पुग्न सक्ने भन्दै सवै नागरिकलाई स्पष्ट रुपमा आफ्नो हैसियत प्राप्त गर्ने अधिकार रहेको बताइन् ।

कार्यक्रममा नेता भूषाल, अनेरास्ववियुका रञ्जित कर्ण लगाएतले महिला ट्म्पो चालकहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्