Logo
Logo

श्रीमान् बोक्ने दौड प्रतियोगिता : विष्णु अधिकारीको जोडी प्रथम


दृष्टि संवाददाता

504
Shares

तनहुँ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकाद्वारा आयोजित श्रीमान् बोक्ने प्रतियोगितामा विष्णु अधिकारीको जोडी प्रथम भएको छ।

प्रतियोगितामा द्वितीय गंगा गुरुङ र नवीन गुरुङको जोडी, तृतीय सीता लामिछाने क्षत्री र बमबहादुर थापा क्षत्रीको जोडी र भरत पोख्रेल र उजेली पन्थ पोख्रेलको जोडी सान्त्वना भएको देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा मगरले जानकारी दिइन्। उनका अनुसार प्रतियोगितामा विजेता जोडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा १४ जोडी सहभागी भएका थिए।

महिलाहरुको साहसकिता प्रदर्शन गर्न उद्देश्यले श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए।

सुन्दा प्रतियोगिता नयाँ तथा नौलो प्रकृतिको भएको र शारीरिक र मानसिक रुपमा महिला र पुरुष समान हुने सन्देश प्रवाह गर्ने गरी यो प्रतियोगिता गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्