Logo
Logo

एमालेकै नेता रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा गाली बेइज्जती मुद्दा दायर


दृष्टि संवाददाता


काठमाडौं । एमालेका राष्ट्रियसभा सांसद कोमल वलीले एमालेकै नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छन् ।

पन्तविरुद्ध आफुलाई यौनि हिंसाजन्य गाली बेइज्जती गरेको भन्दै सांसद वली अदालत पुगेका हुन् । एक सार्वजनिक कार्यक्रममा नेता पन्तले पिडुँला देखाएको भरमा सांसद भएको आपत्तिजनक शब्द बोलेका थिए ।

उक्त अभिव्यक्तिको सार्वजनिक रुपमा व्यापक आलोचना भएपछि उनले माफी समेत मागेका थिए । वलीले पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको बताएकी छन् ।

वलीले आफ्नो उजुरीमा भनेकी छन् । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ ।

प्रतिक्रिया दिनुहोस्