Logo
Logo

के नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्दैछ ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्नेबारे औपचारिक रुपममै छलफल अघि बढाएको छ । एक स्थायी समिति सदस्यका अनुसार माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल अघि बढाएको बताए । नेपाल कम्युनिष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको हो ।

यद्यपि उनले पार्टीको नाम फेर्नेबारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताए। नेकपा एकीकरण खारेज गरेर निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताँइदिएपछि पेरिसडाँडास्थित माओवादी कार्यालयमा रहेको बोर्ड हटाउने विषयमा छलफल हुदाँ नामको विषय उठेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो, अध्यक्ष प्रचण्डले पनि यो विषयमा उपयुक्त समयमा निर्णय लिने कुरा गर्नु भएको छ।’

प्रतिक्रिया दिनुहोस्