Logo
Logo

केपी ओली ‘जबज’को ठिक उल्टो निरंकुशता भएर निस्कए : प्रदीप नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेता प्रदीप नेपालले केपी शर्मा ओलीले नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको बताएका छन् । ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको बताउँदै नेता नेपालले भने ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, । उनले भने, ‘कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि ।’

आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेता नेपालको भनाई छ । नेता नेपालले केपी ओलीले एमाले सिध्याएको बताए ।

उनले भने ‘उहाँहरु (झलनाथ खनाल, माधव नेपालहरु) लाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देख्दिनँ’, अब एमालेको कुनै गुटमा नरहने पनि उनको भनाई छ ।

शुक्रबार आफ्नो समूहको बैठक राखेर ओलीले खनाल-नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका हुन् । ओलीको यो कदम लगत्तै इतर समूह पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बस्दैछन् ।

प्रतिक्रिया दिनुहोस्