Logo
Logo

ठाकुर र महतो सरकारका पक्षमा


दृष्टि संवाददाता


काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको जसपा स्रोतले जनाएको छ । जसपामा दुई पक्षको फरक फरक अडानका कारण उसले कुनै निर्णय लिन नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

हाल जसपाभित्र ठाकुर र महतो समूह बलियो अवस्थामा छ । ठाकुर र महतोको पक्षमा ३४ मध्ये २४ सांसद रहेका छन् । सोही कारण पार्टीमा ठाकुर र महतो समूहको प्रस्ताव पारित हुने भएकाले भट्टराई र यादव समूह अल्पमतमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्