Logo
Logo

विश्व टी २० सिरिजः दक्षिण अफ्रिकालाई हराउँदै श्रीलंका फाइनलमा


दृष्टि संवाददाता


काठमाडौं । भारतमा भईरहेको रोड सेफ्टी विश्व टी २० सिरिजमा श्रीलंका लेजेन्ड्स फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई ८ विकेटले हराउँदै उपाधि नजिक पुग्न सफल भएको छ ।

श्रीलंकाले सहज जितका साथ फाइनलमा भारतसँग भेट पक्का गरेको हो । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ ।

श्रीलंकाका लागि चिन्थाक जयसिंघेले ४७ तथा उपुल थरंगाले ३९ रन बनाए। ७० रनको साझेदारी गरेका जयसिंघे र थराङ्गाले टोलीलाई फाइनलमा भारतसँगको भेट पक्का गराएका थिए ।

यसअघि ओपनर तथा कप्तान तिलकरत्ने दिलशान र सनथ जयसूर्या समान १८–१८ रन बनाएका थिए। दक्षिण अफ्रिका माखाया एनतिनी र एल्भिरो पीटरसनले १–१ विकेट लिए पनि हार टार्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्