Logo
Logo

चुरेमा उत्खनन, सरोकारवाला मौन

जलप्राणीको वासस्थामनमा देखियो समस्या


हिक्मत बम


धनगढी । कैलालीको चुरे, मोहन्याल गाउँपालिका र डोटी जिल्लाको बडिकेदार, जोरायल गाउँपालिका भएर बग्ने ठूलीगाडबाट नदिजन्य पदार्थको अवैधरुपमा उत्खनन् र दोहन गरिँदैछ ।

खोलानालामा अनुमतिविना नदिजन्य पदार्थ उत्खनन र दोहन गर्न मिल्दैन । तर, कैलाली र डोटी जिल्ला भएर बग्ने स्थानीय खोला ठूलीगाडबाट अवैधरुपमा नदिजन्य पदार्थहरु धमाधम उठाउने कार्य भइरहेको छ ।


खोलानालाबाट नदिजन्य पदार्थ उत्खनन गर्दा सम्बन्धित स्थानीय तहले वातावरणीय प्रभाव मुल्याँकन गर्नुपर्ने हुन्छ । तर, वतावरणीय प्रभाव मुल्याँकन नै नगरिकन कैलाली र डोटीको चुरे क्षेत्रबाट अवैधानीकरुपमा नदिजन्य पदार्थको उत्खनन र दोहन कार्य धमाधम भइरहेको छ । जसले गर्दा जल प्राणीहरुको वासस्थानमा ठूलो क्षति पुगेको जानकारहरुले बताएका छन् ।

वतावरणीय प्रभाव मुल्याँकन गरेर खोलानालाबाट नदिजन्य पदार्थको उत्खनन गर्नुप¥यो भने सो क्षेत्रको ५०० मिटरदेखि एक किलोमिटरको दूरीबाट नदिजज्य पदार्थ उठाउनुपर्ने प्रावधान छ र एक मिटरभन्दा बढी गहिरो खाडल पारेर उत्खनन गर्न मिल्दैन । तर, त्यसो भएको पाइँदैन । त्यसमा पनि वातावरणीय प्रभाव मुल्याँकन नगरिकन नै जलप्राणीहरुलाई संकटमा पारेर स्थानीय खोलानालाहरुबाट अवैधरुपमा ढुंगा, गिट्टी, बालुबाजस्ता नदिजन्य पदार्थ दोहन र उत्खनन बढ्दै गएको छ ।

खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननका लागि कैलाली र डोटीका कुनैपनि स्थानीय तहहरुले सम्झौता गरेको छैन । तर, खोलाबाट ढुंगा–बालुवा उत्खनन कार्य भने धमाधम भइरहेको स्थानीयले बताएका छन् ।

नदीबाट उत्खनन भइरहेको बालुवाले उभयचर प्राणीहरुलाई समस्या भएको छ भने ढुंगा संकलन हुँदा माछाको वासस्थानमा समस्या देखिएको छ । जसले गर्दा पछिल्लो समय स्थानीय खोलानाला र नदीहरुमा पाइने उभयचर प्राणी र माछाहरु लोप हुँदै गइरहेको जलाधार संरक्षणको एक तथ्यांकले देखाएको छ ।

खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननका लागि कैलाली र डोटीका कुनैपनि स्थानीय तहहरुले सम्झौता गरेको छैन । तर, खोलाबाट ढुंगा–बालुवा उत्खनन कार्य भने धमाधम भइरहेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार व्यवसायिले रातीको समयमा खोलामा ट्याक्टर तथा टिपर लगाएर नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । वातावरणीय प्रभाव मुल्याँकनमा नदीजन्य पदार्थको उत्खनन गर्दा बिहानको समयमा घाम नलागुञ्जेल र साँझको समयमा घाम अस्ताएपछि खोलानालाबाट नदीजन्य पदार्थ उठाउन पाइँदैन, भनिएको छ । तर, कैलालीका अधिकाँश खोलानालाहरुबाट रातीको समयमा नदीजन्य पदार्थको धमाधम उत्खनन गरिँदैछ ।

स्थानीयकाअनुसार पटक–पटक स्थानीय तह र प्रहरीलाई नदीजन्य पदार्थ तस्करी भइरहेका बारे जानकारी गराउँदा समेत नियन्त्रणको कुनै पहल भएको छैन । र, स्थानीय तहको खोलामा ठेक्का नलाग्दै तस्करले ढुंगा–बालुवा, गिट्टी उत्खनन गरिसके ।

त्यस्तै, कैलाली जिल्लाको तल्लो तटिय क्षेत्रको गोदावरी, खुटिया खोलामा गिट्टी कुटेर घर खर्च चलाउँदै आएका सुकुम्बासीहरुलाई नदिजन्य पदार्थ राति तस्करी हुँदा घरखर्च कसरी चलाउने भनेर चिन्ता हुन थालेको छ । तल्लो क्षेत्रमा ढुंगा बालुवा नपाइएपछि तस्करहरू चुरेसम्मै पुगेर नदीजन्य पदार्थ संकलन गर्दै लैजान थालेका छन् । जसले गर्दा गिट्टी कुटेर जीवन निर्वाह गर्नेको पेसासमेत संकटमा परेको छ ।

स्थानीय खोलानालाबाट नदीजन्य पदार्थको दोहन र उत्खनन अवैधरुपमा हुने हो भने अबको १० वर्षपछि स्थानीयहरुले घर बनाउनका लागि ढुंगा, गिट्टी र बालुवा पाउन कठिन पर्ने देखिन्छ । त्यसैले नदिजन्य पदार्थको संरक्षण र नियन्त्रण गर्नका लागि सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्