Logo
Logo

आज राष्ट्रिय शोकको घोषणा, राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अत्यष्टि गरिने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।

सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ । त्यसैगरी दुर्घटनाका बारेमा छानबिन गर्न ४ सदस्यीय आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा बनेको समितिमा नेपाली सेनाको दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

विमानस्थल निरिक्षण तथा संभाव्यता हेर्नकै लागि हिँडिरहेका मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेपछि सामाजिक सञ्जाल पनि उनीप्रति सर्वसाधारणले व्यक्त गरेका श्रद्धान्जलीले भरिएका छन्।

कतिपयले उनसँग खिचाएका फोटो राखेर उनलाई कहिलै नबिर्सने वाचा गरेका छन् भने कतिले उनको गुण पनि सम्झेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई सम्झिदै भने उहाँ भद्र र सुयोग्य युवा नेता हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्