Logo
Logo

उर्जामन्त्री पुनको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।

आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको ट्वाईलेटमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

मन्त्री पुनलाई नर्भिक अस्पतालका चिकित्सक डा.यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ । मुटुको धड्कन केही तलमाथि भएपनि अवस्था सामान्य रहेको उनले बताएका छन् । मन्त्री पुन हिडडुल तथा बोलचाल गर्न सक्ने सामान्य अवस्थामा भएपनि आज भने चिकित्सककै निगरानीमा राखिने बताईएको छ ।

फाईल फोटो

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् । सभामुख कृष्णबहादुर महरा लगायत नेकपाका नेताहरु नेताहरूले अस्पताल पुगेर मन्त्री पुनको अवस्थाको जानकारी लिएको मन्त्री पुनका नीजि सचिव सन्तोष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्