Logo
Logo

सडक सञ्जालको उद्घाटन गर्दै प्रधानमन्त्री भने, ‘सडक तीन वर्षमा सम्पन्न हुनेछ’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको संयुक्त शुभारम्भ गरेका छन् । शबिनार बालुवाटारमा आयोजित कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ती सडक सञ्जाल तीन वर्षभित्र पूरा हुने बताए । उनले भने, ‘यो सडक सञ्जाल समयमै सकिनेछ । आयोजनाहरु ढिलो सम्पन्न हुने गरेको छ । यसलाई सुधार गर्दै समयमै सक्नेगरी काम गर्नुपर्छ ।’
नेपालको पूर्वाधार विकासमा कोशेढुंगा मानिने निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले एकसाथ शुभारम्भ गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक छनौट गरी त्यसको दीर्घकालीन विकास गर्न लागिएको छ ।
कार्यक्रममा दुवै सदनका सांसदहरुको सहभागिता छ । सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य निरु पाल, युवा संघका अध्यक्ष बचनबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेबेलगायतले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्