Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अन्योलमा समर्थन फिर्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक आज (आइतबार) विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो ।

केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए । उनले बैठकको अर्को मिति पनि नतोकिएको बताए ।

‘पाँच–छ जना नेताहरु नै भ्याली बाहिर हुनुहुँदो रहेछ, त्यही भएर बैठक स्थगित गरिएको हो, अर्को बैठकको मिति तय भइसकेको छैन ।’ उनले भने । सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले फिर्ताको निर्णय लिने चर्चा थियो ।

यो पनि पढ्नुस्

सरकार ढल्ने भएपछि संसद विघटन गर्ने ओलीको तयारी, माओवादी कसरी अघि बढ्ला ?

प्रतिक्रिया दिनुहोस्