Logo
Logo

४० हजार घुससहित प्रहरी पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
जिल्ला सुनसरी, ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस लिएका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्