Logo
Logo

सांसद रावलको घरमा कसले ढुंगा हान्यो ?


दृष्टि संवाददाता


काठमाडौैं । सत्तारूढ दलका सांसद झपटबहादुर रावलले आफ्नो घरमा ढुंगा हानेको भन्दै सुरक्षा माग गरेका छन् । बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आफूलाई तत्काल सुरक्षा आवश्यक रहेको बताएका हुन् ।

समितिको बैठकमा बोल्दै सांसद रावलले मध्यरातमा घरमा ढुंगा प्रहार भएकाले तत्काल सुरक्षाको बन्दोबस्त मिलाइदिन अनुरोध गरेका छन् । सांसद रावलको घरमा राति राति कसले ढुंगा हान्यो ? त्यसबारे उनले बताएनन् । तर, त्यसरी अज्ञात व्यक्तिबाट घरमा ढुंगा प्रहार भएपछि आफूलाई सुरक्षा चाहिएको बताए ।

बैठकमा बोल्दै रावलले राति–राति ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई पनि जानकारी गराउँदै अझै खतरा टरिनसकेको बताए । उनले दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्न समेत अनुरोध गरेका छन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला सांसद रावले यस्तो दावी गरेका हुन् । रावल नेता माधवकुमार नेपाल समूहतिर खुलेका छन् ।

बैठकमा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन र बेवारिसे शवको पहिचान एवं व्यवस्थापनबारे छलफल थियो ।

प्रतिक्रिया दिनुहोस्