Logo
Logo

देवयानी इन्टरनेशनलको कर्मचारीलाई एनआईबीएल एस क्यापिटलको लगानी कोषसम्बन्धी सचेतनामूलक कार्यक्रम


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडद्वारा नेपालमा केएफसी, पिजा हट र क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रालिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमी, बौद्ध, महाराजगञ्ज र पोखरा शाखाका कर्मचारीलाई सामूहिक लगानी कोषसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयनपश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना सञ्चालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित विशेष कार्यक्रममार्फत उक्त कम्पनीका कर्मचारीहरुले सामूहिक लगानी कोषसम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पूँजीबजारसँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।

यसका साथै एनआइबिएल एस क्यापिटल लिमिटेडले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न तालिम सञ्चालन गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्