Logo
Logo

प्याब्सन भन्छ- ‘विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छैन’


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढीरहेपनि प्याब्सनका अध्यक्ष टिका पुरीले अहिलेनै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको दावी गरेका छन् ।

काठमाडौं लगायत विभिन्न जिल्लामा विद्यालय जाने उमेर समूहका बालबालिकामा बढी कोरोनाको संक्रमण भेटिएपनि प्याब्सनका अधयक्ष पुरीले भने विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको बताएका हुन् ।

अध्यक्ष पुरीले विकराल अवस्था आउनु भन्दा पहिला नै सबै मापदण्डको व्यवस्था गर्ने र नियमको पालन गर्नुपर्नेमा जोड दिए । शिक्षाको कार्य ढाँचा (निर्देशिका) लाई पुर्णरुपले विद्यालयले पालना गर्नुपर्ने उनकोभनाई थियो ।

उनले धेरै विद्यार्थी भएका विद्यालयले दुई सिफ्टमा कक्षा संचालन गरेर र भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्नुपर्नेमा जोड दिए । बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले १४ जिल्लालाई अति प्रभावित भएको र विद्यालय नजान गरेको अपिलप्रति पनि उनले आपत्ति जनाए । ।

यता, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखे । केही विद्यालयले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गरेको भएपनि केही विद्यालयले भने विद्यार्थीलाई कोचाएर राखेको देखिएको समेत बताए ।

त्यस्तै कार्यक्रममा एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जस्तोसुकै अफ्ठ्योरो परिस्थिति र महाआपत्तिमा पनि शिक्षाबाट बालबालिका बन्चित हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता भएको बताए । वस्तुस्थितिको सही मुल्याकंन गरेर सरकारले निर्णय गर्नपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्