Logo
Logo

एमाले कर्णालीद्धारा तीन सांसदलाई कारवाही


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्य नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई कारवाही गरेको हो ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेको भन्दै एमाले कर्णालीले तीन प्रदेश सभा सदस्यलाई कारवाही गरेको हो । तर, फ्लोर क्रस गर्नेमध्ये पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य समेत रहेका प्रकाश ज्वालाबारे निर्णय गर्ने जिम्मा केन्द्रलाई दिएको छ ।

कर्णालीले नेता ज्वालालाई सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले कर्णालीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्