काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदै छन् ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहँदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अङ्क जोडेर शिर्ष स्थानमा छ । त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अङ्क हासिल गर्दै चौथो स्थानमा रहेका छन् ।
त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने सामने हुँदै छन् । जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौँ स्थानमा रहेको छ ।

















